arin enterprises

स्वाब लिएर गइरहेको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

सिरहा, धनगढीमाई नगरपालिका १० मा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला शिक्षा कार्यालयको बा.२ झ ९२९९ नम्बरको स्कारपियोको ठक्कर दिँदा साईकलयात्री लहान नगरपालिका १२ भोटिया टोल बस्ने ३० वर्षीय विनोद चौधरीको मृत्यु भएको हो । 

उक्त स्कारपियो कोभिड १९ स्वाब संकलन गरी ओखलढुङ्गाबाट बिराटनगर तर्फ गइरहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज