डोटीमा सडक दुर्घटनामा एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष १८, शनिबार

डोटीमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
डोटीको केआईसिंह गाउँपालिका–२ तिखातर फल्चुडामा आज बिहान ट्र्याक्टर सडकबाट खस्दा चालकको मृत्यु भएको हो ।
से.१ त २३१७ नम्बरको ट्र्याक्टर सडकदेखि अन्दाजी ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा चालक शिखर नगरपालिका–१० बान्डुग्रीसैन बस्ने २३ वर्षीय भक्त बलायरको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज