arin enterprises

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्य

SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

भक्तपुरको लाकुलाछेँमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

भक्तपुर लाकुलाछेँ बस्ने ३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार मृत्यु भएको हो ।

सूर्यबिनायकको गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधिन घरमा सिमेन्ट घोल्ने मेसिन खस्दा समाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका भेलेलाई उपचारको लागि ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Categorized in समाज