सुन्दरीजलमा एकजना मृत फेला
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा बुधबार एकजना मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिन अनुसार हाल नाम, थर र वतन नखुलेको करिब ३२ वर्षीय युवक मृत फेला परेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध