कैलालीमा दुर्घटनामा परी एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

कैलालीको धनगढीमा भएको एक सडक दुर्घटनामा परी ६६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
धनगढीको चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो ।
दुर्घटनामा धनगढीकै सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह बिष्टको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई उपचारको लागी माया मेट्रो अस्पताल धनगढी लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेका छन् । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज