arin enterprises

ट्याङकर दुर्घटनामा १ जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ २८, शुक्रबार

डोटीमा आज विहान पानी बोक्ने ट्याङ्कर सडकबाट तल खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित सडकबाट ट्याङ्कर अन्दाजी २० मिटर तल खसेर सोही ठाउँ बस्ने ४२ वर्षीय सुनिल ऐरको मृत्यु भएको हो । ट्याङ्करमा सवार ऐरको घटनास्थलमै मृत्यु भएको थियो ।

से.१ क २१५ नम्बरको उक्त ट्याङ्कर बुडरबाट जोरायलतर्फ जाँदै गरेको थियो । ट्याङकर चालक हाल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Categorized in समाज