arin enterprises

प्रशान्ती बृद्धाश्रमलाई एक लाख सहयोग

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख ५, मंगलबार

बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतस्थित प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।

हरेक महिना कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितिले यस महिना कणार्लीको प्रशान्ती बृद्धाश्रमलाई एक लाख अक्षयकोष स्थापना गर्दै सहयोग गरेको हो ।

बृद्धाश्रम सहयोग समितिकी अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशको आश्रममा कम्तीमा एक लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य अनुरुप यस आश्रममा सहयोग गरेको जानकारी गराए ।

ज्येष्ठ नागरिकहरु घरबाट सडकमा र सडकबाट वृद्धाश्रम पुग्ने बातावरण अन्त्य गर्न हरेक वडामा समिति बनाइ ज्येष्ठ नागरिकहरु घरमै बस्ने वातावरण बनाउन आफुहरु प्रयासरत रहेको अध्यक्ष पौडेलको भनाई हो ।

ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यस बृद्धाश्रमलाई अब प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गर्ने सोच रहेको घोषणा गरे ।

कर्णालीकै उत्कृष्ट आश्रम बनाउन आफुहरु लागिपरेको अध्यक्ष श्रेष्ठले बताए ।

Categorized in समाज