arin enterprises

कामपामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा मात्र दिइने

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १६, बिहिबार

काठमाडौँ महानगरपालिकाले आजबाट सीमित कर्मचारी बोलाएर अत्यावश्यक मात्र सेवा प्रदान गर्ने भएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि महानगरले यस्तो निर्णय गरेको हो ।

वडा कार्यालय खोल्नुपर्ने अवस्थामा वडाध्यक्ष र सचिवको समन्वयमा सीमित कर्मचारीलाई आलोपालो बोलाएर कार्यालय सञ्चालन गर्ने गराउने पत्रमा उल्लेख छ ।

यसैगरी विभाग, आयोजना, महाशाखा, सचिवालय, कार्यक्रम र इकाईका प्रमुखले सीमित कर्मचारी बोलाएर अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।

विभागका प्रमुखहरुलाई कार्यालयले बोलाउँदा जुनसुकै बेला पनि कार्यालयमा उपस्थित हुन सक्ने अवस्थामा बस्न भनिएको छ ।

नेपालमा नयाँ भेरिएन्टको कोभिड १९ को संक्रमण फैलिन थालेपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको हो ।

यो आदेश बैशाख १६ गते विहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागि हो ।

आदेश जारी भइसकेपछि बसेको संघीय मन्त्रीपरिषद्को बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।

Categorized in स्थानीय