काठमाडौं महानगरमा खुल्ला रुपमा खाद्य वस्तु बेच्न रोक
SamacharDesk | २०७९ आषाढ १४, मंगलबार

दिनप्रतिदिन हैजाका विरामीहरु बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ ।
महानगरले पानी प्रयोग हुने खाद्य सामग्री विक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।
सडक छेउमा बिक्रि वितरण गरिने पानीपुरी चटपटे जस्ता खाद्य बस्तुको माध्यमले हैजा, झाडापखाला लगायतका रोग फैलिरहेको होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागले जानकारी दिए ।
सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।
यस्तै गतसाता मात्र ललितपुर महानगरपालिकाले पनि खुल्ला रुपमा सडक छेउमा बेचिने पानीपुरी चटपटे जस्ता खाद्यवस्तु बेच्न निषेध गरिएको थियो ।
Categorized in राष्ट्रिय