arin enterprises

खोला मापदण्डबारे राजनीतिक पार्टीहरुको धारणा सार्वजनिक गरिँदै

SamacharDesk – बिराज | २०८१ आश्विन १४, सोमबार

खोला मापदण्ड सम्वन्धि सर्वोच्च अदालतको आदेश सम्वन्धि राजनीतिक पार्टीहरुको धारणा सार्वजनिक गरिँदैछ ।

स्थानीय वासिन्दाको भूमि सम्वन्धि अधिकारको लागि क्रियाशील हुन भन्दै हालै गठित भूमि अधिकार संरक्षण संघर्ष समितिले एक कार्यक्रमको आयोजना गरी राजनीतिक पार्टीहरुको धारणा सार्वजनिक गर्न लागेको हो ।

आउँदो असोज १७ गते विहिबार घटस्थापनाका दिन काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समितिले खोला मापदण्ड सम्वन्धि राजनीतिक पार्टीहरुको आधिकारीक धारणा सार्वजनिक गर्न लागेको हो ।

‘नेपालको संविधानले प्रत्याभूत गरेको आम नागरिकको आवास र सम्पत्तिको हक राज्य र राज्यकै अंगहरुले कुण्ठित गर्न खोज्नु दुःखद कुरा हो । यस विषयमा राजनीतिक पार्टीहरु जनताको पक्षमा छन् कि विपक्षमा भन्ने कुरा स्पष्ट हुनु जरुरी छ, जुन यो कार्यक्रमले गर्नेछ’ समितिका संयोजक श्यामकृष्ण प्रजापतिले बताए ।

कार्यक्रमका लागि प्राय सबैजसो प्रमुख राजनीतिक पार्टीहरुलाई पत्राचार गरिसकेको र कार्यक्रमको अन्य तयारी भइरहेको समितिका महासचिव राजाराम तण्डुकारले बताए ।

‘जनता अब नेताहरुको आशमा बस्नेछैन । अब किट्टाकाट हुनुपर्छ को जनप्रतिनिधि हो र को धनप्रतिनिधि हो’ महासचिव तण्डुकारले भने ।

समितिले आउँदो असोज १७ गते विहिबार काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रमको समय बिहानको ११ बजेको लागि तोकिएको समितिले जनाएको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS dahain 2081