arin enterprises

नयाँ वर्ष ११४४ को अवसरमा अर्केष्टा प्रस्तुत

SamacharDesk – राम डंगोल | २०८० कार्तिक २६, आइतबार

नेपाल संवत् ११४४ न्हुँदको अवसरमा बसन्तपुरमा विभिन्न बाजाहरुको (अर्केष्टा) प्रस्तुती गरियो ।

काठमाडौं महानगरको स्वर्णीम योजना अन्तर्गत सम्पदा तथा पर्यटन विभाग अन्तर्गत नासः सृष्टि कलाले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा आईतवार कलाकर्मीहरुले विभिन्न बजाहरुको प्रस्तुती दिएका हुन् । कार्यक्रम वरिष्ठ वाद्यगुरु न्हूछेबहादुर डंगोल तथा वरिष्ठ वाद्यगुरु धर्म मुनिकारको संयोजन भएको थियो ।

कार्यक्रममा कूल १ घण्टा १० मिनेटको समयमा विभिन्न गीत तथा भजनहरुको धुनहरुको प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल सम्वत न्हूदँमा गरिने मैतीदेवीको जात्रामा मात्र बजाइने धुन, “झिगु खः नेपाल सम्वत्” गीत, मंसिर महिनामा गाइने “कान्है मैँचा मंसिर महिना...” जस्ता गीतको धूनहरु प्रस्तुत गरिएको थियो ।

त्यस्तै अहिले निकै चर्चित नेपाल भाषाको गीत “ऐला लूवयाः...” तथा बच्चाहरुको खेलको गीत “वा माया वा वा..”, आकाश भैरवको भजन “जय जय भैरव नाथ” भजनका गीतहरुको धून प्रस्तुत गरिएको थियो ।

अन्तमा नेपाल देशलाई प्रतिनिधित्व गर्ने गीत “सय थरी बाजा एउटै चाल, सयथरी गोडा एउटै ताल”को धून बजाई समापन गरिएको थियो ।

कार्यक्रम सुरुवात उपत्यकाका केही टोलमा मात्र रहेको धुँन्याको प्रस्तुतीबाट गरिएको थियो । 

Categorized in समाज