arin enterprises

पचली भैरवको नयाँ मूर्ति स्थापना

SamacharDesk | २०७९ फाल्गुण ३०, मंगलबार

टेकूस्थित  श्री पचली भैरवको मन्दिरमा नयाँ मूर्ति स्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं। १२ मा अवस्थित श्री पचली भैरवको मन्दिरमा सर्वसाधारणले पूजाआज गर्न धातुको आकर्षक नयाँ मूर्ति स्थापना गरिएको हो ।

पचली भैरव गुठी अनुसार पुरानो मूर्ति अत्यन्तै जीर्ण भएकोले त्यसलाई हटाई नयाँ मूर्ति स्थापना गरिएको हो । भैरवको मुख्य मूर्तिका साथै त्यहाँ रहेका अष्टमातृकाका साना साना मूर्तिहरू पनि नयाँ राखिएको छ ।

मूर्ति गुठीकै पहलमा दाताहरूबाट सहयोग संकलन गरी नयाँ राखिएको हो । मूर्ति स्थापना गर्न पचली भैरवको मन्दिर परिसरमा एक विशेष पूजा आयोजना गरिएको हो ।

मन्दिरमा नयाँ मूर्ति स्थापना गरिसकेपछि धातुको पुरानो मूर्ति मन्दिरकै भण्डारमा राखिने गर्दछ । पचली भैरवको मन्दिरमा एउटा मूर्ति रहन्छ भने दशैँ ताका जात्रामा अर्कै मूर्ति परिक्रमा गराइन्छ ।

अहिले फेरिएको मन्दिरमा रहने मूर्ति हो । आउँदो वर्षको दशैँदेखि पचली भैरवको बाह्र वर्षे नाच पनि निकालिँदैछ ।

Categorized in समाज