त्रास लघुकथा प्रतियोगीतामा रास प्रथम
SamacharDesk – बिराज | २०७७ पौष ८, बुधबार

‘त्रास’ शिर्षकमा लघुकथा प्रतियोगीतामा राश जोशी प्रथम भएका छन् । आख्यानकार मथुरा साय्मिको परिकल्पनामा भएको प्रतियोगीतामा ४८प्रतियोगीलाई पछि पार्दै जोशी पुरुषतर्फ प्रथम भएका हुन् ।
त्यस्तै महिलातर्फ दिव्या बज्राचार्य प्रथम भइन् । महिलातर्फ २७ जनाको सहभागीता रहेको थियो ।
पुरुषतर्फको सान्त्वना पुरस्कार चर्चित गायक संजीप प्रधानले जिते भने महिलतर्फ सुनिता मानन्धरले पुरस्कार हात पारिन् ।
पुरस्कृत प्रतियोगीहरुलाई प्रतियोगीताका परिकल्पनाकार मथुरा सायमिले पुरस्कार प्रदान गर्नुभयो । प्रथम हुनेलाई रु.३ हजार र सान्त्वना पुरस्कारमा रु एक हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगीतामा निर्णायकको रुपमा पुरुषतर्फ साहित्यकार भूषण प्रसाद श्रेष्ठ र महिलातर्फ डा. रिना तुलाधरले उत्कृष्ट लघुकथाको छनोट गरेका थिए ।
प्रतियोगीतामा समावेश नभएका १२ कथासहित जम्मा ८७ ले प्रतियोगीतामा कथा समावेश गराएका थिए । ती सबै लघुकथाहरु नेपालभाषाको साहित्यिक पत्रिका ‘नःलि’ मा प्रकाशन गरिएको थियो ।
संक्रमणको जोखिमका कारण टेलिभिजन लाइभमार्फत कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रतियोगीताका संयोजक दर्शनवीर शाक्य, प्रतियोगीताका परिकल्पनाकार मथुरा सायमि, निर्णायक मण्डलका भूषण प्रसाद श्रेष्ठ र डा. रीना तुलाधर, विजयी प्रतियोगीहरु र आयोजक नःलि पत्रिकाका सम्पादक नरेशबीर शाक्यले आ–आफ्नो भनाई राखेका थिए ।
Categorized in पेजथ्री