अनवारुल हक पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री
SamacharDesk | २०८० श्रावण २७, शनिबार

अनवारुल हक कक्कड पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बन्नु भएको छ ।
पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको थियो । यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो ।
प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् । प्रधानमन्त्ती शाहबाज सरिफले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।
अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो ।
अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्। यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए।
इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।
अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए ।
सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ ९शनिबार० सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय