ठमेलबाट नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ
SamacharDesk – क्राइम समाचारडेस्क | २०८० फाल्गुण २३, बुधबार

काठमाडौंको ठमेलबाट नक्कली थाईभाट नोटसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले ठमेलको नरसिंह चोकबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।
खानबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोट बरामद गरिएको प्रहरीले बताएको छ ।
ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली जस्तो देखिएको भनी सूचना पाएपछि उनलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध