प्लास्टिकका फुलमाला बेच्न महानगरद्वारा रोक
SamacharDesk | २०८० कार्तिक २३, बिहिबार
काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।
तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा महानगरपालिकाले रोक लगाएको हो ।
त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ ।
पसलहरूमा त्यस्ता प्लास्टिकका सामान देखेको खण्डमा नगर प्रहरीले जफत गर्न पनि थालेको छ । दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।
यसैगरी पोखरा महानगरपालिकाले पनि प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।
Categorized in स्थानीय