arin enterprises

पाल्पा बस दुर्घटनामा मृत्यु हुने ६ जनै एकै गाउँका

SamacharDesk | २०७९ पौष २२, शुक्रबार

गएराती पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको छ ।

रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको राती साढे १० बजेतिर दूर्घटना भएको थियो । दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दूर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । मृत्यु हुने सबै ६ जना नै महिला रहेका छन् ।

दुर्घटनामा परी रैनदेवी छहरा–८, की ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षकी छोरी सिरुमाया घिमिरे, सोही स्थानकी ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री रहनुभएको छ ।

यस्तै सोही स्थानकी १९ वर्षीया बिमा पाण्डेय रहेका छन् । मृतकहरु सबै खुर्सानेका रहेको र दूर्घटनामा परी १८ जना घाइते भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा श्रेया राना, दिपसन राना, चेतबहादुर दर्जी, चुमा घर्ती, रामबहादुर बस्नेत, सूर्यबहादुर रेग्मी रहेका छन् । उहाँहरूको उपचार भने एडमनसिटी अस्पताल जित गढी बुटवलमा भइरहेको छ ।

यस्तै अन्य घाइतेहरूमा लालकुमारी गाहा, सुरज घिमिरे, तुल्सा पाण्डे, लिला गाहा, अस्सना रास्कोटी, फर्सिकला पाण्डे, लिमकली पाण्डे, आर्या पाण्डे र स्यानिकला बस्नेत रहनुभएको छ । उहाँहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइतेहरु अधिकांशको हात खुट्टा भाँच्चिएका छन् । बस सडकबाट सय मिटर तल खसेको थियो ।

Categorized in समाज