arin enterprises

चितवनमा विद्यार्थीहरूलाई ‘पान्डा प्याक’ वितरण

SamacharDesk – समाचारडेस्क | २०७८ चैत्र २२, मंगलबार

गरिबी निवारणका लागि चिनियाँ फाउन्डेसन (सीएफपीए)ले चितवनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पान्डा प्याक शिक्षा सामग्री वितरण गरेको छ ।

‘पान्डा ल्यान्ड’ चीनले गरेको उक्त सहयोग वितरण कार्यक्रमको आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी छिन् ।

फाउन्डेसनले सन् २०२२ भित्र नेपालभर ८० हजार विद्यार्थीहरूलाई उक्त प्याक बाँड्ने जनाएको छ ।

कार्यक्रममा सीएफपीएको नेपाल कार्यालयका निर्देशक जाउ झिस्याङले विगत सात वर्षदेखि नेपालमा विद्यार्थीहरूलाई सहयोग गरिरहेको बताएकी छिन् ।

सीएफपीएले उक्त कार्यक्रम ललितपुरस्थित विकासका लागि विश्व सहकार्य (जीसीडी)सँगको सहकार्यमा गर्दै छ ।

Categorized in समाज