arin enterprises

धराहरामा पनि पार्किङ सेवा उपलब्ध

SamacharDesk | २०८० माघ १४, आइतबार

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ ।

गत मंगलबारदेखि न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्पको रुपमा काठमाडौं मलमा पार्किङको व्यवस्था गरेको थियो भने आजबाट सवारी चालकहरुलाई सहज रुपमा पार्किङ गर्न धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा उपलब्ध गराएको हो ।

सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराइको हो ।

५० हजार स्क्वायर फिट क्षेत्रफलमा निःशुल्क पार्किङले यस क्षेत्रको समस्या केही हदसम्म हल हुने महानगरको दाबी छ ।

संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको बताइएको छ ।

Categorized in स्थानीय