arin enterprises

छाया सेन्टर भत्काउनुपर्ने सांसद सुवालको भनाई

SamacharDesk – बिराज | २०७९ भाद्र १३, सोमबार

भारतको नोयडामा नियम मिचेर बनाइएको गगनचुम्बी ट्विन टावर भत्काइए लगत्तै नेपालमा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउनुपर्ने माग संसदमै उठेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनाइएको व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने बताएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया यस्तो माग गरेका हुन् । सांस्कृतिक, ऐतिहासिक सम्पदाको संरक्षण गरिनुपर्ने भन्दै सांसद सुवालले छाया सेन्टर भत्काएर ऐतिहासिक कमलपोखरी स्थापना गरिनुपर्ने बताए ।

अर्को प्रसङ्गमा बोल्दै सांसद सुवालले निर्वाचन घोषणापछि संसद् सुचारु हुँदा आचारसंहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न पनि माग गरे ।

सांसद सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्नेसमेत माग गरे ।

अन्य देशहरुमा युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालय सञ्चालन भएको उदाहरणहरु थुप्रै रहेको उहाँको भनाइ छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082