पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
SamacharDesk | २०८० पौष १९, बिहिबार

पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक प्रयोजनको हाल्नेलाई कपिराईट लगाउने सूचना पशुपति क्षेत्र विकास कोष र कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचना जारी गर्दै जनाएको छ ।
उक्त कार्य गरेको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने बुढासुब्बाले जनाएको छ ।
Categorized in समाज