अष्ट्रेलियाको एक दिवसीय कप्तानमा प्याट कमिन्स नियुक्त
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १, मंगलबार

अस्ट्रेलियाको फास्ट बलर प्याट कमिन्स एक दिवसीय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् ।
नियमित कप्तान आरोन फिन्चले आफ्नो खराब फर्मका कारण गत महिना एकदिवसीय ढाँचाबाट सन्यास लिएपछि टेष्ट कप्तान प्याट कमिन्सले जिम्मेवारी पाएका हुन् । तर टी–२० टोलीको कप्तानी भने फिन्चले नै गर्नेछन् ।
क्रिकेट अस्ट्रेलियाले ट्वीटरमा ट्वीट गर्दै कमिन्सलाई कप्तान बनाउने घोषणा गरेको हो ।
यसअघि २९ वर्षीय प्याट कमिन्सलाई टेस्ट कप्तानी दिइएको थियो र उनले आफ्नो कप्तानीमा टेस्ट फर्म्याटमा निकै प्रभाव पारेका छन् ।
प्याट कमिन्सले फिन्चको कप्तानीमा खेल्दा आफूलाई निकै रमाइलो लागेको र उनको नेतृत्वबाट आफूले धेरै कुरा सिकेको बताए ।
ओडिआई कप्तानका लागि मिचेल मार्स, स्टिभ स्मिथ र एलेक्स क्यारीको नाम पनि अगाडि आएको थियो ।
प्याट कमिन्स अस्ट्रेलियाको एकदिवसीय टोलीको कप्तानी गर्ने २७ औं खेलाडीका हो । साथै उनी ओडिआई ढाँचामा अस्ट्रेलियन टोलीको कप्तानी गर्ने पहिलो फास्ट बलर हुनेछन् ।
छनोटकर्ताका अनुसार सन् २०२३ को विश्वकपपछि पनि प्याटले नै एकदिवसीय टोलीको नेतृत्व गर्नेछन् ।
अष्ट्रेलियाली टी–२० विश्वकपपछि एकदिवसीय कप्तानको रूपमा प्याट कमिन्सको नेतृत्वमा अस्ट्रेलियन टोलीले घरेलु मैदानमा इङ्ल्यान्डसँग पहिलो एक दिवसीय शृंखला खेल्नेछ।
Categorized in स्पाेर्ट्सPat Cummins has been named Australia's 27th ODI captain pic.twitter.com/T0p02wwjiP
— Cricket Australia (@CricketAus) October 17, 2022
