arin enterprises

पाटनको दुई मन्दिरमा बस्न निषेध

SamacharDesk | २०८० श्रावण २१, आइतबार

ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्रका २ वटा मन्दिरमा सर्वसाधारणलाई बस्न निषेध गरेको छ ।

केही दिन अघि उक्त मन्दिर क्षेत्रमा युवायुवतीले अंकमाल गरी चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि शनिबारदेखि विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए ।

उनका अनुसार माथिलो तलामा बसेर युवायुवतीहरु अनैतिक कामहरु गर्ने गरेको स्थानीयहरुको गुनासको कारण उक्त कदम चाल्नुपरेको बताए । त्यस्तै माथिल्लो तलामा मानिसहरु जाँदा भगवानको मूर्ति खुट्टामुनि पर्न गएकाले भक्तजनहरुबाट गुनासो आएको थियो ।

सो गतिविधि अब उप्रान्त हुन नदिन महानगर प्रमुख चिरिबाबु महर्जनले मन्दिरमा बस्न रोक लगाउन निर्देशन दिएपछि मन्दिरमा अहिले ‘नो इन्ट्री’ को बोर्ड राखिएको छ ।

शुक्रवार मात्र मन्दिर परिसमा जोडीहरुले गर्ने गरेको अनैतिक गतिविधि विरुद्ध विरोध गर्दै स्थानीय तथा अभियान्ताहरुले त्यस्ता जोडीहरुलाई धपाइएको थियो । 

अहिले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रहरीले मन्दिर क्षेत्रमै गस्ती गर्छ भने राति ८ देखि ११ बजेसम्म गाडीमार्फत मोवाइल गस्ती गर्दै आइरहेको छ ।

त्यसका साथै महानगरले दरबार स्क्वायर क्षेत्रमा सिसिटिभीबाट पनि निगरानी गरिएको हाथेछुले जानकारी दिए ।

Categorized in समाज