arin enterprises

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

काभ्रेमा मोटरसाइकलको ठक्करबाट बाटो हिँड्दै आइरहेका एक पुरुषको मृत्यु भएको छ ।

बुधबार राति काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानिटारस्थित सडकमा पैदलयात्री सोही ठाउँका ४० वर्षीय राजेन्द्र सापकोटालाई ठक्कर दिएको थियो ।

बा.२५ प ६१३३ नम्बरको उक्त मोटरसाइकलको ठक्करबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज