मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २३, सोमबार

बाराको चैनपुरको सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री एकजनाको मृत्यु भएको छ ।
आज बिहान बारा जिल्लाको परवानिपुर गाउँपालिका–४ चैनपुरस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत पूर्वी चम्पारण बिहार बस्ने ५५ वर्षीय गनजली देबी कोइरनीको मृत्यु भएको हो ।
चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र ०३–००४ प ४२०० नम्बरको मोटरसाइकलले कोइरनीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोदा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
Categorized in समाज