फुटबल सम्राट पेलेको अन्त्यष्टि
SamacharDesk | २०७९ पौष २०, बुधबार

फुटबलको सम्राट मानिने पेलेको आज अन्त्यष्टि गरिएको छ । उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा उनलाई समाधिस्थ गरिएको छ ।
सो अवसरमा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शव यात्रामा हजारौँ सहभागी भएका थिए ।
सुनले बेरिएको ‘कास्केट’ आइपुग्नुअघि चिहानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।
पेलेको ८२ वर्षको उमेरमा गएको हप्ता निधन भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए ।
पेलेको अन्तिम संस्कार वा शव यात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय