नग्न तस्वीरमा किशोरीको फोटो जोडी मानसिक तनाब दिने व्यक्ति पक्राउ
SamacharDesk | २०८० जेठ १३, शनिबार

अनलाइनमा किशोरीलाई दुर्व्यहार गरेको आरोपमा एकजना पुरुषलाई काठमाडौबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीका ३२ वर्षीय पदमबहादुर खड्का रहेको छ । नग्न तस्वीरमा आफ्नो टाउको जोडेर फेक अकाउन्टबाट दुःखदिन थालेपछि साइबर ब्यूरोमा किशोरीले उजुरी दिएकी थिइन् ।
उनले “मेरा सम्पादित तस्वीरहरुलाई म लगायत मेरा साथीहरुलाई समेत पठाई दुःख तथा मानसिक तनाव दिने गरेकोले उक्त व्यक्ति पत्ता लगाई कानून बमोजिम कारबाही गरी पाउँ ।” भन्दै साइबर ब्यूरोमा निवेदन दिएको थियो ।
त्यहि निवेदनको आधारमा साइबर ब्यूरोको टोलीले अनुसन्धान गर्दै जाँदा खड्कालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
खड्कामाथि विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको जनाएको छ ।
Categorized in अपराध