arin enterprises

पेट्रोलियम पदार्थको भाऊ घट्यो

SamacharDesk – राम डंगोल | २०७९ आषाढ ११, शनिबार

विभिन्न संघसंगठनहरु तथा नागरिकस्तरबाटै चर्काे विरोध भएपछि अन्ततः आयल नियगमले पेट्रोलियम पदार्थको भाऊ घटाउने निर्णय गरेको छ । 

आज शनिबार बसेको निगमको संचालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा २० रुपैयाँ र डिजेल÷मट्टितेलमा २८ रुपैयाँ घटाएको छ । जसअनुसार अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

उक्त रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले पेट्रोलियम पदार्थमा लिईंदै आएको करमा छुट गरेपछि नयाँ मूल्य कायम भएको हो ।

Categorized in बिजनेस