भक्तपुरमा बाजेदेखि नातिसम्मले खिचिएका फोटोहरु प्रर्दशनीमा
SamacharDesk | २०८० फाल्गुण १९, शनिबार

भक्तपुरका दरबार परिसरमा बाजेदेखि नातिसम्मले खिचेका ऐतिहासिक फोटो प्रदर्शनी भइरहेको छ ।
शनिबारसम्म चल्ने उक्त प्रदर्शनीमा भक्तपुरको सल्लाँ गणेशस्थित दत्तात्रीय फोटो स्टुडियोका संस्थापक पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष अघि खिचिएका देखि उहाँका छोरा र नातिहरुले हाल खिचिएका फोटोहरु राखिएका छन् ।
ऐतिहासिक फोटो प्रदर्शनीको शुक्रबार नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष्य नारायण मान बिजुक्छेले उद्घाटन गर्नुभएको थियो ।
भक्तपुरको लायकुको लाँचा पल्चामा कूल ६८ वटा फोटोहरु प्रदर्शनीमा राखिएका छन् । स्व. बद्री प्रसाद बनेपालीका छोरा फोटोग्राफर तथा पत्रकार केदार प्रसाद बनेपालीको ६८ बर्ष पुगेको उपलक्ष्यमा ६८ वटा फोटोहरु प्रदर्शनीमा राखेको बताउनुभयो ।
प्रदर्शनीमा दरवार क्षेत्रको शिलु महादेव (फसिदेग) र खरिपाटी ब्यारेक निरको यातु महादेव मन्दिरको तिन फरक स्वरुपमो फोटो लगायत तिन पुस्ताले खिचिएका बिभिन्न सम्पदाहरु जात्रा पर्वका फोटोहरु हेर्न सकिनेछ ।
एउटै सम्पदा तिन पुस्ताले खिचिएको तिन स्वरुपमा पनि हेर्न सकिन्छ । सम्पूर्ण फोटोहरु ब्लाक एण्ड ह्वाईटमा राखिएको छ ।
Categorized in समाज