arin enterprises

पुरै उपत्यकामा प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने

SamacharDesk – बिराज | २०८० श्रावण ८, सोमबार

काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ४० माइक्रोन भन्दा तलका प्लाष्टिकका झोलाहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाइने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमको भक्तपुरमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो ।

फोरमका महासचिब घनश्याम गिरीज्युले बैठकले उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेको कुरा जानकारी दिए ।

बैठक उपत्यकाको फोहोरमैला ब्यबस्थापनको समस्याको सम्बन्धमा केन्द्रित रहेको फोरमका महासचिब गिरीले बताए ।

त्यसै गरि बैठकले फोहोरमैला ब्यबस्थापनको सम्बन्धमा हाल देखा परेको समस्याहरुको दीर्घकालीन समाधानको विषयमा पनि छलफल गरेको छ ।

उपत्यकाका सबै पालिकामा कुहिने र नकुहिने फोहोर घरमा नै वर्गीकरण गरि सम्भव भएसम्म स्थानीय स्तरमा नै व्यवस्थापन गर्ने निर्णय वैठकमा गरिएको छ ।

‘कुहिने फोहोरबाट कम्पोष्ट निर्माण गर्ने साथै कुहिने र नकुहिने फोहोर संकलन गर्न सातामा निश्चित बार तोकि संकलन र ब्यबस्थापन गर्ने निर्णय भएको छ’ महासचिब गिरिले बताए ।

सुर्यविनायक नगरपालिकाको ब्यबस्थापनमा बसेको बैठकमा काठमाडौँ उपत्यकाका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख तथा उप प्रमुखुहरुको उपस्थिति रहेको थियो । 

Categorized in स्थानीय