arin enterprises

सरकारमा सहभागि हुन रास्वपालाई प्रधानमन्त्रीको आह्वान

SamacharDesk | २०८० बैशाख १८, सोमबार

उपनिर्वाचनबाट दोस्रो पटक निर्वाचित भएका रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबीच हिजो भेटघाट भयो ।

दाहालले लामिछानेलाई सरकारमा सहभागि हुन र आपूmलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आज फेरि आग्रह गर्नुभएको छ ।

हिजो गृह जिल्ला चितवन जानु भएका प्रधानमन्त्री दाहालले आज बिहान पत्रकार भेटघाटमा रास्वपा सरकारमा आए उसले भने अनुसार भ्रष्टाचारका जुनसुकै फाइल खोल्न आफू तयार रहेको बताउनुभयो ।

उता रास्वपा पनि सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न केन्द्रीय समितिको र संसदीय दलको बैठक आह्वान गरेको छ । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएपछीको पहिलो पटक बैठक बस्न लागेको हो ।

अहिले बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठक बस्ने र त्यसलगत्तै दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने जनाइएको छ । संसदीय दलको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको छ ।

रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय लिनसक्ने बुझिएको छ । प्रधानमन्त्री दाहालले रास्वपा अध्यक्ष लामिछानेलाई जसरी पनि सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ भने लामिछानेले एमाले गठबन्धनको बेला पाएका मन्त्रालयहरु नै  पाउनुपर्ने शर्त राख्नुभएको छ ।

तनहुँ १ बाट स्वर्णीम वाग्ले निर्वाचित भएपछि प्रतिनिधिसभामा रास्वापका सांसद २१ जना पुगेका छन् ।

Categorized in राजनीति