arin enterprises

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

SamacharDesk | २०८१ जेठ २८, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्नुभएको छ ।

मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दिउँसो नयाँदिल्ली जानुभएको हो । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले हिजै साँझ भारतीय प्रधानमन्त्री मोदीसंग संक्षिप्त भेटवार्ता गर्नुभएको हो । हिजो भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

विगतमा भएका समझदारी र सम्झौताहरूको विषयमा पनि उहाँहरुबीच छलफल भएको बताईएको छ । दाहालसंग कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत जानु भएको छ ।

मोदीले स्थानीय समय अनुसार हिजो साँझ सवा ७ बजेट शपथ लिनुभएको थियो । शपथ समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलगायत पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भेटसंगै प्रधानमन्त्री दाहाल आजै साँझ स्वदेश फर्कने कायक्रम छ ।

Categorized in राष्ट्रिय