arin enterprises

लगनशील भई जिम्मेवारी पुरा गर्न प्रहरीलाई पोखरेलको निर्देशन

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी कर्मचारीहरुलाई संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन निर्देशन दिनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

कार्यक्रममा पोखरेलले व्यावसायिक, लगनशील भई असल आचरणका साथ जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।

पोखरेलले कोरोना भाइरस (कोभिड(१९) द्वारा सिर्जित विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले आम नेपालीमा प्रहरीप्रति विश्वास बढेको बताउनुभयो ।

कार्यक्रममा मातहत कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Categorized in समाज