इजरायलमा राजनीतिक संकट झनै बढ्दो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १३, सोमबार

इजरायलमा राजनीतिक संकट झनै चुलिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको हो ।
प्रधानमन्त्री नेतान्याहुले अघि सारेका विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको आरोपमा रक्षामन्त्री गालन्ट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्रीको यस कार्य आइतबार रातिदेखि दशौं हजारले राष्ट्रिय झण्डा बोकेकाहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
इजरायलको सबै भन्दा ठूलो शहर तेल अबिब र जेरुसेलममा सडकमा उत्रिएका प्रदर्शनकारीहरुको प्रहरीसँग झडप समेत भएको छ ।
प्रस्तावित न्यायिक सुधार कार्यक्रमले कार्यकारी प्रमुखलाई सर्वेसर्वा बनाउने भन्दै सुरुदेखि नै चर्को विरोध हुँदै आएको थियो ।
विपक्षी दलहरुले पनि लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएको थियो । हाल रक्षामन्त्रीको बर्खास्तीसँगै सत्तारुढ दलभित्रै पनि उक्त कार्यक्रमको विरोध हुन थालेको कारण इजरायलमा राजनीतिक संकट थप चुलिने सम्भावना छ ।
इजरायलमा बढ्दो राजनीतिक अस्थिरप्रति अमेरिकाले पनि चासो दिंदै यसमा सहमतिको बिन्दु खोज्नु पर्ने बताउदै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय