काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर
SamacharDesk | २०७९ फाल्गुण २४, बुधबार

यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले गरेको मापन अनुसार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको छ ।
काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जाने देखाएको छ ।
आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँच गर्ने गरेको छ ।
वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ ।
डब्लुएचओले पिएम–२ दशमलव ५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको छ ।
Categorized in समाज