प्रसिद्ध साहित्यकार राजेन्द्र सुवेदीको निधन
SamacharDesk – बिजयरत्न | २०७८ जेठ ३, सोमबार

साहित्य क्षेत्रमा वरिष्ठ समालोचकको रुपमा परिचित प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ । ७६ वर्षीय सुवेदीको आज विहान कोरोना संक्रमणका कारण निधन भएको हो ।
कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी ह्याम्स अस्पतालमा भर्ना भई उपचाररत थिए । पछि उनलाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
सुवेदी केही समय अगाडीबाट नै अस्वस्थ रहँदै आएका थिए ।
उनले ३७ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा नेपालमा विषयको अध्यापन गराएका छन् । सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुखको साथमा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धकसमेत थिए ।
वाङमय जगतमा प्रसिद्ध लेखक प्राध्यापक राजेन्द्र सुबेदीले चलचित्र सिद्धान्त र नेपाली चलचित्र लगायत दर्जनौ पुस्तक लेख्नु भएको छ ।
Categorized in पेजथ्री