arin enterprises

लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १०, शुक्रबार

रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको निधन भएको छ ।

बिहीबार राति ताम्राकारको न्युरो अस्पताल उपचारकै क्रममा निधन भएको हो । अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो ।

८६ बर्षिया ताम्राकारलाई निमोनियाको उपचारका लागि केहि दिन अघि न्युरो अस्पतालमा भर्ना गरेको थियो ।

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमाबाट सञ्चार जगतमा प्रवेश गरेकी ताम्राकार लोकप्रिय समाचारबाचक हुन् ।

विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन् ।

लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

उनको आजै दाहसंस्कार गरिने जनाइएको छ ।

Categorized in समाज