arin enterprises

पोर्चुगल र मोरक्को अन्तिम आठमा

SamacharDesk | २०७९ मङ्सिर २१, बुधबार

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसंगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो ।

गएराती भएको पहिलो प्रिक्वार्टर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनको पेनाल्टी प्रहार भने स्पेनका गोलकिपर युनाई सिमोनले रोके । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।

सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए । मोरक्कोले अब क्वाटर फाइनलमा पोर्चुगलको सामना गर्नेछ ।

यस्तै गएराती भएको दोस्रो खेलमा स्वीजरल्याण्डलाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा राती भएको खेलमा पोर्चुगलले स्वीजरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो ।

पोर्चुगललाई जित दिलाउने क्रममा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल गरेका थिए ।

स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरोक्कोसंग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स