रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २७, शनिबार

पोर्चुगल अर्को वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको छ । शुक्रबार स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको हो ।
खेलमा अग्रता पोर्चुगलले गोन्कालो रामोसको गोलवाट लिए ।
क्रिस्टियानो रोनाल्डोले खेलको २९ औं मिनेटमा र ७२ औं पेनाल्टी मार्फत गोल गरे । उनले अन्तराष्ट्रिय फुटबलमा गोल संख्यालाई १ सय २५ पुर्याएका छन् ।
स्कोभाकियाका डेविड हेन्को र स्टानिस्लाव लोबोटकाले एक एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।
योसँगै समूह जीको खेलमा घरेलु टोली पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भयो । पोर्चुगलले छनोटका सबै ७ खेलमा जित निकाल्दै आयोजक जर्मनीसँगै युरोकपमा स्थान बनाएको हो ।
स्लोभाकिया समूह जीको दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको लक्जमवर्गभन्दा दुई अंकले अघि रहदै उसले अघिल्लो चरण प्रवेशको सम्भावनालाई जिवितै राखेको छ ।
Categorized in स्पाेर्ट्स