arin enterprises

युरो छनोटमा पोर्चुगल र स्पेन विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १, शुक्रबार

युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई पराजित गरेको छ । शुक्रबार भएको समुह जेको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई २–० गोलले पराजित गरेको हो ।

यसअघि नै छनोट भइसकेको पोर्चुगलको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले खेलको ४६ र कान्सेलोले ५७ मिनेटमा गोल गरे ।

योसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय २८ पु¥याएका छन् । यता स्पेनले समूह ‘ए’ को खेलमा साइप्रसलाई ३–१ गोलले हरायो ।

उसको जितमा यमलले पाँचौ मिनेटमा गोल गर्दा ओर्याजाबालले २२ र जोशेलुले २८ मिनेटमा गोल गरे ।

स्पेन पनि यसअघि नै युरोकप २०२८मा छनोट भइसकेको छ ।

Categorized in स्पाेर्ट्स