नइको नाममा सिक्का र हुलाक टिकट लोकार्पण
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २१, सोमबार

नेपालको वाङ्गमय क्षेत्रमा सक्रिय रहँदै आएको संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपैयाको सिक्का र दस रुपैयाँ दरको हुलाक टिकट प्रकाशन भएको छ ।
एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सामूहिक रुपमा सिक्का र टिकटको लोकार्पण गरे ।
समारोहमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँला, समालोचक प्रा.डा. त्रिपाठी, पूर्वडिपुटी गभर्नर शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीलगायतले नेपालको वाङ्गमय क्षेत्रमा नई प्रकाशनको योगदानलाई लिएर आआफ्ना विचार राखेका थिए ।
त्यस्तै नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाईले साहित्य क्षेत्रमा सक्रिय संस्थाको नामबाट सिक्का वा हुलाक टिकटको प्रकाशन नेपालको समस्त वाङ्गमय क्षेत्रका लागि गौरवको विषय भएको राय राखेका थिए ।
नेपाल राष्ट्र बैंकबाट मदन पुरस्कार गुठीको नाममा टकमरी भएको सुनको सिक्का पछि कोपरनिकल धातुको यो सिक्का टकमरी भएको पहिलो अवसर हो ।
Categorized in पेजथ्री