arin enterprises

भानुअटु क्षेत्रमा शक्तिशालि भुकम्प

SamacharDesk – बिराज | २०७९ पौष २६, मंगलबार

भानुअटुको तटीय क्षेत्रमा शक्तिशालि भुकम्प गएको छ । आइतबार राति  प्रशान्त महासागरीय देश भानुअटुको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)  का  अनुसार भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो ।

भाानुअटुको राजधानी होनियाराका केही भागहरूमा शक्तिशाली कम्पनका कारण सामानहरू भुइँमा ढलेको र फुटेको बताइए पनि कुनै ठुलो क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।

‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०.३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ ।

न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०.३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ । यस्तै भानुअटु र नजिकैको पपुवा न्यू गिनीको तटीय क्षेत्रलाई ३० सेन्टिमिटर (१२ इन्च) सम्मको सुनामीको छालआउन सक्ने चेतावनी दिइएको छ ।

भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् ।यसको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधि हुने गर्दछ ।

भानुअटुको उत्तरमा रहेको सोलोमन टापुमा गत नोभेम्बरमा पनि ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय