स्व. प्रेमध्वज प्रधानको जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित
SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ २७, शनिबार

गोल्डेन भ्वाइस अफ नेपाल तथा वरिष्ठ गायक स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न स्रस्टालाई सम्मान गरीएको छ ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा गोल्डेन भ्वाइस अफ् नेपालको उपाधिसमेत पाएका प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न तीन वटा संगीत विधामा सम्मान गरीएको हो ।
कार्यक्रममा प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान गीतकार किरण खरेललाई प्रदान गरीएको छ ।
त्यसैगरी प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारावादक उस्ताद तारावीर सिंह तुलाधरलाई तथा प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिएको छ । कार्यक्रममा लोकसंस्कृतिविद एवं कवि तुलसी दिवसले सो सम्मान वितरण गर्नुभएको थियो ।
स्रष्ट सम्मान कार्यक्रममा प्रेमध्गज प्रधानका लोकप्रिय गीतहरु मिलन नेवार, आनन्द कार्की, सुरज थापा तथा उदय श्रेष्ठले सम्मानस्वरुप गाएका थिए ।
Categorized in पेजथ्री