सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु
SamacharDesk | २०७९ फाल्गुण १८, बिहिबार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ ।
बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभयो । उहाँले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फुर्त भएको बताउनु भयो । उहाँले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताउनु भयो । उहाँले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने बताउनु भयो ।
उहाँले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताउनु भयो ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताउनु भयो । उहाँले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताउनु भयो ।
उहाँले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले कम्पनीलाई आफै पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताउनु भयो ।
Categorized in बिजनेस