प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी
SamacharDesk | २०७९ फाल्गुण २८, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ ।
तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । सिटीको जितमा अर्लीङ ब्रट हाल्याण्डले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
गएराति भएको अर्को खेलमा चेल्सीले लेष्टर सिटीलाई ३–१ ले पराजित ग¥यो । चेल्सीको लागि बेन चिलवेल, काइ हाभर्ट्ज र माटियो कोभासिचले एक एक गोल गरे । लेस्टर सिटीका डाकाले एक गोल फर्काए ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई बर्नमाउथले १–० ले हरायो । लिभरपुल विरुद्धको कठिन खेलमा बर्नमाउथलाई विजयी गराउन फिलिप बिलिङले गरेको गोल निर्णायक बन्यो ।
खेलमा लिभरपुलले पाएको एउटा पेनाल्टी अवसरलाई मोहोमद सालाहले खेर फालेका थिए । प्रिमियर लिगका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले नटिङ्घम फरेष्टलाई ३–१ ले हराउँदा एभर्टनले ब्रेन्टफोर्डलाई १–० ले हराएको छ ।
लिड्स युनाइटेडले ब्राइटनसँग २–२ गेलको बराबरी खेलेको छ । प्रिमियर लिगमा शिर्ष स्थानको आर्सनलले आज फुल्हमसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स