arin enterprises

आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो

SamacharDesk | २०७९ माघ ९, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले हराएको छ ।

आफ्नै मैदानमा गएराति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपे ।

म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र लि मार्टीनेजले एक एक गोल गरे । जीतसँगै आर्सनलले प्रिमियर लिगको उपाधि दावेदारी झनै बलियो पारेको छ । अंक तालिकामा १९ खेलबाट आर्सनलको ५० अंक भएको छ ।

एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा छ । गएरातिको खेलमा म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–० ले पराजित ग¥यो ।

म्यान सिटीको लागि अर्लीङ ब्रट हाल्याण्डले ह्याट्रिक गरे । प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरीमा चित्त बुझाए ।

Categorized in स्पाेर्ट्स