arin enterprises

चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ

SamacharDesk – Aakash Rajopadhyaya | २०७९ आषाढ १६, बिहिबार

नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ ।

संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको अधिवेशन गत जेठ २१ गते सम्पन्न भएको थियो ।

सोही अनुसार  अध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा द्वितिय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतिय उपाध्यक्षमा भाष्कर ढुंगाना चयन गरिएको छ भने महासचिव नरेन्द्र महर्जनलाई तोकिएको छ ।

त्यसै गरी उप-महासचिव ओम जैसी , कोषाध्यक्ष कपिल द्वा चयन भएका छन् र कार्यसमिति सदस्यहरु मा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई,प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् ।

त्यस्तैगरी पुर्वान्चल सभापति निरज गुप्ता,पश्चिमान्चल सभापति केदार प्रसाद पराजुली चयन भएका छन् ।

सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापा चयन भएका छन् भने उपसभापतिमा दुर्गालाल प्रधानं,सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ । 

त्यसै गरी प्रदर्शन सभापति प्रज्वल शमशेर जबरा र वितरण सभापति गोविन्द बहादुर शाही तोकिएको छ भने कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् ।

सल्लाहकारहरु मा राजकुमार पोखरेल,नकिम उद्दिन,प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठ मनोनयन गरिएको छ ।

Categorized in पेजथ्री
SKIP THIS Maharjan Complex