युक्रेनले रुसलाई तर्साउन खोजेको राष्ट्रपति पुटिनको दाबी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १७, बुधबार

युक्रेनले रुसलाई तर्साउन खोजेको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले दाबी गरेका छन् । पुटिनले मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाएका हुन् ।
उनले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी आक्रमणलाई कमजोर बनाएको रुसी टेलिभिजनमा भनेका थिए ।
रुसी बिदेश मन्त्रायलये पश्चिमी राष्ट्रहरुको समर्थनमा युक्रेनी नेतृत्वले आतंककारी र आपाराधिक गतिविधि बढाएको आरोप लगाएको छ । तर, युक्रेनले भने आफ्नोतर्फबाट मस्को लक्षित गरी कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ ।
यस्तै युक्रेनले मस्कोलाई निशाना बनाउँदै आठ वटा ड्रोन आक्रमण गर्दा त्यसबाट केही भवनमा सामान्य क्षति मात्रै भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
गत सोमबार रातीदेखि रुसले युक्रेनको राजधानी कीभमा पटक–पटक आक्रमण गर्दै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय