arin enterprises

सिन्धुलीमा उद्धार प्रभावकारी बनाउन प्रधानमन्त्री दाहालको निर्देशन

SamacharDesk – बिराज | २०७९ फाल्गुण २८, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु हुनेप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका छन् । त्यस्तै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आज आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी २४ जना घाइते भएको बताइएको छ ।

ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको हो । तीव्र गतिमा आउँदै गरेको बस सडकको भित्तामा ठोक्किएर पल्टिएको बताइएको छ ।

दुर्घटना पछि बस चालक भने फरार भएको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्वद्ध सबैलाई उद्धार कार्य प्रभावकारी बनाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् । 

Categorized in राष्ट्रिय