arin enterprises

प्रिती जिंटाको परिवार कोरोनाबाट मुक्त

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७७ पौष २७, सोमबार

बलिउड अभिनेत्री प्रिती जिंटाले आफ्नी आमा, भाई लगायत परिवारका सदस्यहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको बताएकी छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै प्रितीले तीन हप्ता अगाडी आफ्नी आमा, भाई, भाई बुहारी, उसका बच्चाहरु र अंकलको कोरोना पोजेटिभ देखिएको र अहिले नेगेटिभ रिपोर्ट आएको बताइन् । 4

हाल अमेरीकामा रहेकी प्रितीले आफ्नो परिवार कोभिडसँग संघर्ष गरिरहेको यो समयमा आफु अमेरीका असहाय र शक्तिहीन महसूस गरिरहेको बताइन् ।

‘भेन्टिलेटर, आइसीयू र अक्सिजन मेसीन जस्ता विषयले अचानक नयाँ अर्थ बनाएको छ’ प्रितीले इन्स्टाग्राममा लेखेकी छन् ।

मानिसहरुले कोरोनालाई हल्का ढंगले लिइरहेको भन्दै प्रितीले सबैलाई मास्क, स्यानिटाइजर, सामाजिक दुरी लगायतका सावधानी अपनाउन आग्रह गरेकी छन् ।

 

Categorized in पेजथ्री